कैलालीमा गाउँपालिकाका सूचना अधिकारी घुससहित पक्राउ

   ३० असार २०७७, मंगलवार ११:००  

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले गाउँपालिकाका सूचना अधिकारी सिद्धराज जोशीलाई ८५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

सीपमूलक तालिममा सहजीकरण गरेबापत उनले ८५ हजार घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका सूचना अधिकारी टोप बहादुर विष्टले जानकारी दिए।