सुनचाँदीको मूल्य वृद्धि

   १७ फाल्गुन २०७७, सोमबार १४:००  

१७ फागुन, रौतहट । नेपाली बजारमा आइतबारको तुल्नामा आज सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ८८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बढेर सोमबार प्रतितोलामा ८८ हजार ७ सय रुपैयाँमा कायम भएको हो ।

यस्तै, महासंघका अनुसार आज तेजाबी सुन कारोबार तोलामा ८८ हजार २ सय ५० रुपैयाँमा भइरहेको छ ।

त्यसैगरी, सोमबार चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँ वृद्धि भएर प्रतितोलामा १ हजार ३ सय ३० पुगेको महासंघले जनाएको छ ।

यसअघि आइतबार तोलामा १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।