आजको प्रि-ओपनिङ सेसनमा शेयर बजार कतिले बढ्यो नेप्से

   १७ फाल्गुन २०७७, सोमबार १३:०९  

 

१७ फागुन, रौतहट । आजको प्रि-ओपनिङ सेसनमा शेयर बजार परिसूचक नेप्सेमा १३.९४ अंकको सुधार आएको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयरमूल्यमा सुधार आएपछि परिसूचकमा सुधार आएको हो ।

कुल २५ कम्पनीको शेयर कारोबार भएकोमा १६ कम्पनीको शेयरमूल्य बढेको छ । ५ कम्पनीको शेयर मूल्य घटेको बजारमा ४ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

सोमबार प्रि ओपनिङ सेसनमा २५ कम्पनीका ४ हजार ८५५ कित्ता शेयरहरु ३६ लाख ३५ हजार ७२ रुपैयाँमा किनबेच भएका छन् ।