आज पनि घट्यो सुनचाँदीको भाउ

   १६ फाल्गुन २०७७, आईतवार १२:३४  

१६ फागुन, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ८८ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको भाउ घटेर आज प्रतितोलामा ८८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुन भाउ तोलामा ८७ हजार ८ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । यसअघि फागुन १४ गते शुक्रबार प्रतितोलामा ८७ हजार ८ सय ५० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज प्रतितोलामा १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।