वीरगञ्जबाट २५ केजी चाँदी सहित एक जना पक्राउ
१६ फागुन, रौतहट । भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याएको २५ किलो चाँदी सहित वीरगंज महानगरपालिका १५ भेडियाई टोल बस्ने २० बर्षीय विराट सराफलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगंज महानगरपालिका ९ स्थित शुभलाभ गहना पसलमा करिब २५ केजी २ सय ६४ ग्राम विभिन्न प्रकारका चाँदीका गहनाहरु लुकाई राखेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अवैध रुपमा ल्याएको चाँदीका गहनाहरु लुकाई राखेको गोप्य सूचनाका आधारमा उक्त पसल तलासी गर्दा सो परिमाणको चाँदी बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका सराफमाथि यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।