ब्राउन सुगरसहित एक जना प्रहरी नियन्त्रणमा

   १६ फाल्गुन २०७७, आईतवार १०:४९  

१६ फागुन, रौतहट । झापाबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित मेची खोला इलाका बस्ने हेमन्त खनाललाई लागूऔषधसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका खनालमाथि शंका लागि एपीएफ टोलीले चेक जाँच गर्दा उक्त ब्राउन सुगरसहित उनलाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरीको टोलीले खनालको साथबाट करीब ४ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

ब्राउन सुगरसहित पक्राउ परेका खनाललाई थप कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।