सुनचाँदीको मूल्यमा सामान्य गिरावट
१४ फागुन, रौतहट । नेपाली बजारमा आज सुनको भाउ प्रतितोलामा रु ५०० गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोबार भएको छापावाला सुनको मूल्य घटेर आज तोलामा ८८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज तेजाबी सुनको कारोबार तोलामा ८८ हजार ३ सय ५० मा भइरहेको महासंघले जनाएको छ । हिजो तेजावी सुनको मूल्य तोलामा ८८ हजार ८ सय ५० रुपैयाँ तोकिएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि २० ले घटेर आज प्रतितोलामा १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
महासंघका अनुसार बिहीबार चाँदी १ हजार ३ सय ५५ रुपैयाँ मूल्य निर्धारण भएको थियो ।