५० हजार घुस लिएको आरोपमा २ जना पक्राउ

   १३ फाल्गुन २०७७, बिहीबार १४:१६  

१३ फागुन, रौतहट । रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख समेत रहेका इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी रहेका हुन् ।

उनीहरुलाई ५० हजार रुपैयाँ घुस लिएको आरोपमा नियन्त्रणमा लिएको हो । दुवै जनाले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको बताइएको छ ।

पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।