सर्लाहीमा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा लाखौँको क्षति

   १३ फाल्गुन २०७७, बिहीबार १३:३७  

१३ फागुन, रौतहट । सर्लाहीमा ग्याँस सिलिण्डर लिक भई आगलागी हुँदा विभिन्न धनमाल जेलर नष्ट भएको छ ।

जिल्लाको धनकौल गाउँपालिका ५ मा ग्याँस सिलिण्डर लिक भई बुधबार बिहान बिलास महतोको घरमा भएको आगलागी हुँदा ४ थान टिभी, लत्ताकपडा र अन्नपात समेत पुर्णरुपमा जलेर नष्ट भएको हो ।

आगलागीमा कुनै मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएका थिए ।

आगलागीमा करिब ११ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।