आज तोलामा कति पुग्यो सुनचाँदीको मूल्य

   १३ फाल्गुन २०७७, बिहीबार १३:१८  

१३ फागुन, रौतहट । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँ गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज प्रतितोलामा ८९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यस्तै, महासंघका अनुसार तेजावी सुनको कारोबार तोलामा ८८ हजार ८ सय ५० रुपैयाँमा भइरहेको छ, भने बुधबार तोलामा ८९ हजार ३ सय ५० रुपैयाँ तोकिएको थियो ।

त्यसैगरी, आज चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेको छ ।

हिजो १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाको छ ।