सुनचाँदीको मूल्यमा सामान्य गिरावट
१२ फागुन, रौतहट । नेपाली बजारमा बुधवार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले ओरालो लागेको छ ।
नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार मंगलवार तोलामा ९० हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज प्रतितोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको हो ।
यस्तै, हिजो तोलामा ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन भाउ आज तोलामा ८९ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको महासंघले जानकारी दिए ।
त्यसैगरी, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँ गिरावट भएर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको महासं३ले जनाएको छ ।
चाँदीको भाउ मंगलवार प्रतितोलामा १ हजार ३ सय ६० कायम भएको थियो ।






