फागुन २१ गतेबाट नागरिक लगानी कोषको कति कित्ता शेयर लिलामीमा आउने

   १२ फाल्गुन २०७७, बुधबार १२:२३  

१२ फागुन, रौतहट । फागुन २१ गतेबाट नागरिक लगानी कोषले साढे ३ लाख कित्ता सर्वसाधारण समुहको शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ ।

कोषले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५० कित्ता शेयर लिलामीमा राखेको हो ।

कोषले गत पुस २८ गते मंगलबार देखि माघ १९ गतेसम्म हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

लिलामीको शेयरमा लगानीकर्ताले फागुन २१ गतेबाट चैत्र २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ४ हजार ७३४ रुपैयाँ छ ।