सुनचाँदीको मूल्य वृद्धि, तोलामा कति पुग्यो

   ११ फाल्गुन २०७७, मंगलवार १२:०४  

११ फागुन, रौतहट । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार १ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोलामा ९० हजार १ सय रुपैयाँ तोकिएको छ ।  छापावाल सुनको मूल्य आइतबार तोलामा ८९ हजार रुपैयाँ कायम भएको भाउ सोमबार पनि स्थिर नै रहेको थियो ।

यस्तै, मंगलबार तेजावी सुनको भाउ प्रतितोलामा ८९ हजार ६ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, सोमबारको तुलनामा आज तोलामा २५ रुपैयाँले बढेर चाँदीको कारोबार तोलामा १ हजार ३ सय ६० रुपैयामा भइरहेको छ ।

महासंघका अनुसार हिजो चाँदीको मूल्य तोलामा १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको थियो ।