गौरमा मेयर कप च्याम्पियनसिप-२०७७ आजबाट शुरु

   १० फाल्गुन २०७७, सोमबार १४:०१  

१० फागुन, रौतहट । रौतहटको गौरमा मेयर कप च्याम्पियनसिप-२०७७ को क्रिकेट प्रतियोगिता आजबाट शुरु भएको छ । गौर नगरपालिकाको राइसमिल प्राङ्गणमा सोमबार देखि प्रतियोगिताको शुरुवात भएको हो ।

यस प्रतियोगिताको उदघाटन गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता र उप-मेयर किरण ठाकुरले गरेका थिए ।

प्रतियोगिता गौर नगरपालिकाका सबै वडाका टिम बीच खेलिने छ । गौर न.पा. वडा १ र २ गरि कुल ९ टिम सहभागी रहेका छन् । रौतहट जिल्ला क्रिकेट संघले हरेक वर्ष नगरपालिकाका वडाहरुको टिमहरुलाई समहभागी गराएर प्रतियोगिता आयोजना गर्ने गर्दछ ।

आजको यो खेल वडा १ र २ बीच हुदैछ । वडा २का टिमले टस जितेर पहिलो बैटिंङ गर्न रोजेका छन् ।