आरती भेजिटेबल तेल उद्योगमा लागेको आगलागी अझैँ नियन्त्रणमा आएन
१० फागुन, रौतहट । बारामा तेल उद्योगमा आइतबार साँझ करिब ७ः३० बजेदेखि लागेको आगलागी हालसम्म नियन्त्रणमा आउन सकेको छैन् ।
जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका ९ मा रहेको आरती भेजिटेबल तेल उद्योगमा विद्युत सर्ट भएर लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।
आगो निभाउनका लागी अहिले चारवटा दमकलमार्फत आगो नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरी निरीक्षक सुरेन्द्र यादवले जनाएका छन् ।
कार्टुन प्याक गर्ने ठाउँमा विद्युत सर्ट भएर हिजो साँझ नै आगो लाग्न सुरु भएको थियो ।
आगो निभाउन गएराति बारा, पर्सा र मकवानपुरका गरी आठ वटा दमकलको प्रयोग गरिपनि हालसम्म आगलागी नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।