सुनचाँदीको मूल्य वृद्धि
द नेपाल मिडिया
९ फाल्गुन २०७७, आईतवार १२:१४
९ फागुन, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार शुक्रबार तोलामा ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बढेर आज प्रतितोलामा ८९ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, महासंका अनुसार आज तेजावी सुनको कारोबार प्रतितोलामा ८८ हजार ५ सय ५० रुपैयाँमा भइरहेको छ । यसैबीच, आइतबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले महँगो भएको छ ।
शुक्रबार तोलामा १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज १ हजार ३ सय ३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।