बारा मालपोत कार्यालयका प्रमुख ६ लाख घुससहित पक्राउ

   ८ फाल्गुन २०७७, शनिबार १२:०८  

 

८ फागुन, रौतहट । बाराको मालपोत कार्यालयका प्रमुखलाई ६ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मालपोत कार्यालय प्रमुख मनोजकुमार खनाल र लेखापढी व्यवसायी बद्रीप्रसाद बडाल रहेका हुन् ।

आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार ‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाई फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराईदिने र उक्त काम गरिदिए वापत सेवाग्राहीसँग उनीहरुले घुस मागेको थियो ।

उनीहरुलाई आयोगको मुख्यालय टंगालबाट खटिएको टोलीले शुक्रबार नै जितपुरको एक होटलबाट रकमसहित नियन्त्रणमा लिएको थियो ।

पक्राउ परेका उनीहरु माथि यसबारे थप अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।