गौरमा आयोजित साइकल दौँड सम्पन्न

   ७ फाल्गुन २०७७, शुक्रबार १५:५७  

७ फागुन, रौतहट । रौतहटमा ७१ औँ प्रजातन्त्र दिवशको अवसरमा आज आयोजित साइकल दौंड सम्पन्न भएको छ ।

गौर नगरपालिकाद्धारा आयोजित नगर स्तरीय महिला साईकल दौँड प्रतियोगिता सम्पन्न भएको हो । आज आयोजित गरिएको साईकल दौड बीपी चौकबाट सुरु भएर अस्लम पेट्रोपम्पको परिक्रमा गर्दै पुनः बीपीचौक पुगेको थियो ।

साइकल दौंडमा गौर नगरपालिका वडा नम्बर ४ बस्ने प्रथम आएकी रौशनि कुमारी लाई एउटा साइकल र नगद रु. १० हजार  पुरस्कार स्वरुप दिएको छ ।

यस्तै, दोस्रो स्थानमा आएकी मिथिलेश कुमारी यादवलाई रु. ७ हजार ३ सय रुपैयाँ नगदसहित एक साइकल दिएको छ, भने तेस्रो स्थानमा आएकी अञ्जल कुमारी शाहलाई एउटा साइकलसहित ५ हजार रुपैयाँ नगद दिएको छ ।

सहभागी भएकी बाँकी दश जनालाई साइकल दिइएको छ ।