आज कति घट्यो सुनचाँदीको मूल्य

   ७ फाल्गुन २०७७, शुक्रबार १२:३०  

 

७ फागुन, रौहतट । नेपाली बजारमा शुक्रवार पनि सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज प्रतितोलामा ८८ हजार २ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, आज तेजाबी सुनको भाउ प्रतितोलामा ८७ हजार ७ सय ५० रुपैयाँमा ताकिएको महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि ३० रुपैयाँ गिरावट भएर तोलामा १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीवार चाँदी १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।