सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   ६ फाल्गुन २०७७, बिहीबार ११:५१  

६ फागुन, रौतहट । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ८९ हजार ८ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य घटेर आज तोलामा ८९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजावी सुनको भाउ प्रतितोलामा ८८ हजार ७ सय ५० रुपैयाँ तोकिएको महासंघले जनाएको छ । हिजो तेवाजी सुनको मूल्य तोलामा ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, बुधबार तोलामा १ हजार ३ सय ४० रुपैयाँ तोकिएको चाँदीको मूल्यमा आज ५ रुपैयाँ गिरावट आएको छ ।

बिहीबार चाँदीको कारोबार प्रतितोलामा १ हजार ३ सय ३५ रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।