सुनचाँदीको मूल्यमा घट्यो

   ५ फाल्गुन २०७७, बुधबार १३:४२  

५ फागुन, रौतहट । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोलामा ११ सय रुपैयाँ गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९० हजार ९ सय रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य घटेर आज तोलामा ८९ हजार ८ सय रुपैयाँ तोकिएको हो ।

त्यस्तै, आज तेजाबी सुनको भाउ तोलामा ८९ हजार ३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाए । हिजो तेजावी सुनको कारोबार प्रतितोलामा ९० हजार २ सय रुपैयाँमा भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार प्रतितोलामा १ हजार ३ सय ६० रुपैयाँ कायम भएको चाँदी भाउ झरेर आज तोलामा १ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।