बैंकहरूको ऋण प्रवाह ह्वात्तै बढ्यो

   ५ फाल्गुन २०७७, बुधबार ११:०५  

५ फागुन, रौतहट । केही समय यता बैंकहरुबाट हुने ऋण प्रवाह ह्वात्तै बढेको छ ।

माघ महिनामा संकलित निक्षेपभन्दा ऋण प्रवाह साढे ११ गुणाले बढेको छ ।

माघ २ देखि ३० गतेसम्म २७ वाणिज्य बैंकहरुमा ७ अर्ब मात्रै निक्षेप थपिएको छ, भने सोही अवधिमा थप ८१ अर्ब ऋण विस्तार भएको छ ।

माघ २ गतेसम्म २७ वाणिज्य बैंकहरुमा ३७ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा ३० गतेसम्म ३७ खर्ब ८६ अर्ब पुगेको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक छ ।

त्यस्तै, माघ २ गतेसम्म ३२ खर्ब ३६ अर्ब ऋण प्रवाह भएकोमा माघ ३० गतेसम्म ३३ खर्ब १७ अर्ब पुगेको छ ।