सुनचाँदीको मूल्य बृद्धि
द नेपाल मिडिया
४ फाल्गुन २०७७, मंगलवार १२:०२
४ फागुन, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
नेपाली व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९० हजार ७ सय रुपैगामा कारोबार भएको छापावाल सुनको मूल्य बढेर आज प्रतितोलामा ९० हजार ९ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, आज तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा तोकिएको महासंघले जनाएका छन् ।
त्यसैगरी, चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेको छ ।
हिजो १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलामा १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।