आज पनि तोलामा १०० रुपैंयाले घट्यो सुनको मुल्य
द नेपाल मिडिया
३ फाल्गुन २०७७, सोमबार ११:५१
३ फागुन, रौतहट । नेपाली बजारमा आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर प्रतितोलामा ९० हजार ७ सय रुपैयाँ कायम भएको हो ।
यस्तै, सोमबार तेजावी सुनको कारोबार तोलामा ९० हजार २ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी, आजपनि चाँदीको मुल्य तोलामा ५ रुपैयाँ बढेको नै छ । महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १ हजार ३ सय ४० रुपैयाँ हुदैँछ ।
आइतबार चाँदीको कारोबार तोलामा १ हजार ३ सय ३५ रुपैयाँमा भएको थियो ।