सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य वृद्धि

   २ फाल्गुन २०७७, आईतवार १३:१७  

 

२ फागुन, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन आज सुनको भाउमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य घटेर प्रतितोलामा ९० हजार ८ सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, तेजावी सुनको आज तोलामा ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

शुक्रबार तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बढेर आज प्रतितोलामा १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।