प्रभु इन्स्योरेन्सको गत वर्षको लाभांश घोषणा

   २ फाल्गुन २०७७, आईतवार ११:५२  

२ फागुन, रौतहट । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको ३८७ औँ बैठकले १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी ९२५ औं वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।

अघिल्लो आव २०७५.७६ बाट कम्पनीले ५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद गरी कुल १६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो । समीक्षा अवधिमा लघुवित्तको ६ प्रतिशतले नगद लाभांश घटेको हो ।