राष्ट्रिय महिला लिग,

   २ फाल्गुन २०७७, आईतवार ११:४१  

२ फागुन, रौतहट । राष्ट्रिय महिला लिगमा आज त्रिभुवन आर्मी फुटबल क्लब र चन्द्रपुर नगरपालिका भिड्दै छन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा आर्मी र चन्द्रपुर भिड्ने छन ।

९ खेलबाट २२ अंक जोडेको आर्मी शीर्षस्थानको एपीएफसँग अंकदुरी घटाउने होडमा हुनेछ। शीर्षस्थानमा रहेको एपीएफले ९ खेलबाट २७ अंक जोडेको छ। त्यस्तै चन्द्रपुर प्रतियोगितामा तेस्रो जितको खोजीमा हुनेछ। चन्द्रपुरले ९ खेलबाट ६ अंक जोडेको छ ।

खेल एन्फा कम्प्लेक्समा दिउँसो २ बजे सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।