मकवानपुरमा मोटरसाइकल ठक्करबाट एक जनाको मृत्यु
२ फागुन, रौतहट । मोटरसाइकलको ठक्करबाट मकवानपुरमा एक जनाको मृत्यु भएको छ ।
जिल्लाको बाग्मती गाउँपालिका ४ मा शनिबार साँझ करिब ६ः३० बजेको समयमा भएको मोटरसाइकल दुर्घटनामा परी हेटौंडा ६ बस्ने ३० वर्षीय आशिक श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको हो ।
प्रदेश नम्बर ३ ०३ ००१ प ८८९७ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित हुँदा पछाडी सवार श्रेष्ट गम्भीर घाइते भएको थियो।
निजलाई उपचारको लागी हेटौंडा अस्पतालमा ल्याएइको थियो । अस्पतालमा ल्याएपनि उपचारका क्रममा करिब ७ः१५ बजेतिर नै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाईकल र चालकलाई प्रहरीले नियन्त्रणमा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।