सुनचाँदीको मूल्यमा सामान्य गिरावट

   २९ माघ २०७७, बिहीबार १२:४४  

२९ माघ, रौतहट । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर प्रतितोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको हो ।

त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोलामा ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोलामा २५ रुपैयाँ घटेर १ हजार ३ सय १५ रुपैयाँ कायम भएको महांघले जनाए ।

बुधबार तोलामा १ हजार ३ सय ४० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।