आज सुनचाँदीको मूल्य स्थिर

   २८ माघ २०७७, बुधबार ११:४५  

२८ माघ, रौतहट । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार मंगलबार प्रतितोला ९० हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज पनि सोही भाउ कायम भएको हो ।

यस्तै, हिजो तोकिएको मूल्यमा नै आज पनि तेजाबी सुनको कारोबार प्रतितोला ९१ हजार ४ रुपैयाँ भइरहेको छ ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर नै रहेको छ ।

मंगलबार तोलामा १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही भाउमा कारोबार भइरहेको महासंघले जनाएको छ ।