माघ ३० गते सार्वजनिक विदा

   २८ माघ २०७७, बुधबार ११:२६  

२८ माघ, रौतहट । माघ ३० गते नेपाल सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार सम्पन्न बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

माघ ३० गते शुक्रबार ‘सोनाम ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरीका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्था र विदेशस्थित नियोगहरुमा विदा दिने निर्णय’ भएको गृह मन्त्रालयका प्रवक्ता चक्र बहादुर बुढाले जनाए ।