महिला फुटबल लिगः चन्द्रपुरले विराटनगरलाई हरायो
२५ माघ, रौतहट । आज (आईतबार) राष्ट्रिय महिला फुटबल लिगमा विराटनगर महानगरपालिकालाई चन्द्रपुर नगरपालिकाले १-० ले पराजित गरेको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा रौतहटकी रजनी थोकरले ७० औ मिनेटमा बललाई जाली चुमाएकी थिइन । रजनीले गरेको सो गोल नैरौतहटको लागि लिगमा दोस्रो जित निकाल्न पर्याप्त रह्यो ।

जितसँगै चन्द्रपुरले सात खेलबाट ६ अंक बटुलेको छ । पराजित बिराटनगर भने १० अंकका साथ लिगमा तेस्रो स्थानमा रहेको छ । पहिलो खेलमा बिराटनगरले चन्द्रपुरले ५-० ले पराजित गरेको थियो ।

लिगमा अपराजित रहेको शसस्त्र प्रहरीको एपीएफ सात खेलबाट १८ अंक बटुल्दै शीर्षस्थानमा छ ।