चन्द्रागिरी हिल्स लिमिटेडको सेयर खरिदमा उच्च चाप
२५ माघ, रौतहट । चन्द्रागिरी हिल्स लिमिटेडको सेयर खरिदमा उच्च चाप परेको छ । १६ लाख ६८ हजार ७ सय १० कित्ता खरिद अर्डर परेको छ, भने बिक्री अर्डर शुन्य भएको हो ।
कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६१ रुपैयाँ मा खुल्ला भएको थियो । तर, १६४ रुपैयाँको खरिदको लागि अर्डर आउँदा समेत बिक्री अर्डर आएको छैन । गत शुक्रबार कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको थियो ।
पहिलो कारोबारको लागि कम्पनीको सेयर प्रतिकित्ता ९६ दशमलव ६९ रुपैयाँ देखि २९० दशमलव शून्य ७ ओपन रेञ्ज पाएको थियो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।