नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

   २५ माघ २०७७, आईतवार १२:४१  

२५ माघ, रौतहट । महोत्तरीबाट नक्कली नोटसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला सितामढी ग्राम पंचायत नरगा लक्ष्मीपुर २ का ३५ वर्षीय साबिर अंसारी र पठनपुर १४ का ४२ वर्षीय जियाउल अंसारी रहेको प्रहरीले बताए ।

शुक्रबार दिउँसो २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले जलेश्वर नगरपालिका १ स्थित सडक खण्डमा सवारी साधान चेकजाँच गर्ने क्रममा बिआर ३० भि ९५३० नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई रोकेर चेकजाँच गर्दा नक्कली नोट बरामद भएको थियो ।

प्रहरीका अनुसार उनीहरुको साथबाट ५ सयको दरले २७ थान गरी जम्मा १३ हजार ५ सय नक्कली नेपाली नोट बरामद भएको छ ।

पक्राउ परेका दुवै जनालाई हिरासदमा राखी यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।