गौरीशंकर यादव क्रिकेट कपमाः पर्सा टिम दोस्रो पटक पनि विजयी

   २३ माघ २०७७, शुक्रबार १८:२०  

२३ माघ, रौतहट । रौतहटको गौरमा गौरीशंकर यादव क्रिकेट कपमा पर्सा र रौतहट टिम विच भएको फाइन खेलमा पर्साको टिम विजयी भएको छ ।

क्रिकेट संघको खेल मैदान राइसमिल मैदानमा भएको खेलमा टस जितेर पहिलो ब्याटिंग गरेको पर्सा निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउदै १७६ रनको तयार पारेको थियो ।

१७७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएका रौतहट टिमले १९.५ ओभरमा १० विकेट गुमाउदै १३३ रन पूरा गरेको थियो ।

आज भएको खेलमा रौतहटलाई पर्साको टोलिले ४३ रनले पराजित गरेको हो।