आज सुनचाँदीको मूल्यमा कति गिरावट
द नेपाल मिडिया
२२ माघ २०७७, बिहीबार १३:०२
२२ माघ, रौतहट । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज ९ सय रुपैयाँ घटेर प्रतितोलामा ९२ हजार १ सय रुपैया तोकिएको हो ।
यस्तै, हिजो ९१ हजार ५ सय रुपैयाँ कायम भएको तेजावी सुनको कारोबार आज ९० हजार ६ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्यमा पनि २० रुपैयाँ घटेको छ । महासंघका अनुसार बिहीबार चाँदीको भाउ प्रतितोलामा १ हजार ३ सय रुपैयाँ तोकिएको छ ।






