ग्रामीण विकास लघुवित्तको नाफा कति

   २२ माघ २०७७, बिहीबार १२:५६  

२२ माघ, रौतहट । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफा ५९.४५ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको पुस मसानतसम्ममा लघुवित्तले १७ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको यसै अवधिमा लघुवित्तको खुद नाफा ११ करोड १८ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तले ३ अर्ब ७५ करोड रुपैयाँ निक्षेप संकलन तथा ५ अर्ब १७ करोड रुपैयाँ सापटी गरी ११ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

यसबाट लघुवित्तले ५५ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी र २० करोड ६ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ।

चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेको ग्रामीणको वार्षिक प्रतिशेयर आम्दानी ३६.३२ रुपैयाँ छ । गत आवको यसै अवधिको तुलनामा लघुवित्तको इपिएस १३.५४ रुपैयाँले बढेको हो । यस्तै जगेडा कोषमा ७७ करोड रुपैयाँ कायम हुँदा प्रतिशेयर नेटवर्थ १७८.४६ रुपैयाँ कायम भएको छ ।