सुनचाँदीको मूल्यमा गिरावट
द नेपाल मिडिया
२१ माघ २०७७, बुधबार १५:४१
२१ माघ, रौतहट । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार ६ रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ६ सय रुपैयाँ घटेर प्रतितोलामा ९२ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, तेजावी सुनको कारोबार आज प्रतितोलामा ९१ हजार ५ सय रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।
यसैबीच, चाँदीको मूल्य पनि आज घटेको छ । हिजो तोलामा १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज घटेर १ हजार ३ सय २० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।