घुस लिएको आरोपमा हवल्दार पक्राउ

   २० माघ २०७७, मंगलवार १३:३३  

२० माघ, रौतहट । महोत्तरीबाट १५ हजार घुससहित प्रहरी बरिष्ठ हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

जिल्लाको गौशाला ५ रामनगर स्थित सशस्त्र प्रहरी बल, सुरक्षा बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी बरिष्ठ हवल्दार श्रवण बस्नेतलाई घुस लिएको आरोपमा सोमबार नै आयोगले पक्राउ गरिएको थियो ।

घरायसी प्रयोगका लागि काठ दाउरा लैजान सहजीकरण गरिदिएबापत बस्नेतले सेवाग्राहीसँग १५ हजार घुस लिएका थिए ।

आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले हवल्दारलाई घुस लिइ सकेको अवस्थामा सोही नगरपालिकाको निगौल चोकबाट पक्राउ गरिएको छ ।