चन्द्रपुरमा राष्ट्रिय पुरुष कराँते प्रतियोगिता हुने

   १९ माघ २०७७, सोमबार १७:१७  

 

१९ माघ, रौतहट । जिल्लाको चन्द्रनिगाहपुरमा राष्ट्रिय कराते प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिता फागुन ७ र ८ गते चन्द्रपुर नगरपालिकाको चन्द्रनिगाहपुरमा हुने छ । चन्द्रपुर नगरपालिका मुख्य प्रयोजनक रहेको प्रतियोगितामा पुरुष कराते खेलाडीको मात्र सहभागिता रहने आयोजक नेपाल सितोरियो कराते संघ रौतहटले जनाएको छ ।

प्रतियोगितामा हरेक जिल्ला छनौट हुदै प्रदेश छनौट भएर आएका पुरुष कराते खेलाडीहरुको सहभागिता रहने नेपाल सितोरियो कराते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले जानकारी दिएकाछन् ।

पुरुष २५,३०,३५,४०,४५,५०,५५,६०,६५ किलो तौल समुह र एकल काताको खेल हुने छ । प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद ३ हजार दोस्रो हुने नगद २ हजार र तेस्रो हुने खेलाडीले नगद एक एक हजार प्रप्त गर्ने छन् । सातै प्रदेशका सात टिम र आयोजक टिमका खेलाडीले प्रतियोगितामा खेल्ने छन् । प्रतियोगिताको तयारी लगभग पुरा भएको आयोजक नेपाल सितोरियो कराँते संघ चन्द्रपुर रौतहटले जनाएको छ ।

हरेक तौल समुहमा प्रथम ,द्धितिय र तृतिय हुने खेलाडीले नगद पुरस्कर, मेडल तथा प्रमाणपत्र पाउने छन् । चन्द्रपुर नगरपालिकाको सहकार्यमा यस भन्दा पहिला गत मंसिरमा समेत महिला राष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न भईसकेको छ