गौरीशंकर यादव स्मृति क्रिकेट प्रतियोगिता आज देखि शुरु

   १९ माघ २०७७, सोमबार १६:५१  

१९ माघ, रौतहट । रौतहटमा गौरीशंकरयादव स्मृति क्रिकेट प्रतियोगिताको आयोजना भएको छ । जिल्लाको सदरमुकाम गौर नगरपालिकाको राइसमिल प्राङ्गणमा सोमबार देखि प्रतियोगिताको शुरुवात भएको हो ।

प्रतियोगिताको उदघाटन गौरीशंकर फाउण्डेसनका अध्यक्ष मोहन यादव र क्रिकेट संघका अध्यक्ष पवन गुप्ताले गरेका थिए ।

प्रतियोगितामा रौतहट, बारा र पर्सा गरी कुल तिन टिम सहभागी रहेका छन । पूर्व मेयर तथा समाजसेवी गौरीशंकर प्रसाद यादवको स्मृतिमा गौरीशंकर यादव फाउण्डेसनले हरेक वर्ष जिल्ला बाहिरका टिमहरुलाई समहभागी गराएर प्रतियोगिता आयोजना गर्ने गर्दछ ।

प्रतियोगिताको तेश्रो संस्करणको आज भएको पहिलो खेलमा बाराले रौतहटलाई पराजित गरेको छ ।