कक्षा १२ को परीक्षाफल सार्वजनिक
१९ माघ, रौतहट । कक्षा १२ को परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको छ । आज बस्नेको बैठकको निर्णय सम्पन्न भएपछि नतिजा सार्वजनिक गरिएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलका अनुसार परीक्षफल राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिन्छ ।
कोरोना संक्रमणका कारण गत वैशाखमा परीक्षा हुन नसकेपछि गत मंसिर ९ गतेदेखि कक्षा १२ को परीक्षा सुरु भएको थियो । बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो ।
थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित पौडेलले जानकारी दिए ।
परीक्षामा देशभरबाट ४ लाख ३२ हजार परीक्षार्थी सहभागी भएका थिए ।