सुनचाँदीको भाउ बढ्यो
द नेपाल मिडिया
१८ माघ २०७७, आईतवार १४:१४
१८ माघ, रौतहट । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको हो ।
यस्तै, शुक्रबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य आज तोलामा ९१ हजार ६ रुपैयाँ कायम भएको महासंघले जानकारी दिए ।
शुक्रबार तोलामा १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ बढेर तोलामा १ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।






