२८ असार, काठमाडौं । पर्साको ठोरीबाट अवैध लागूऔषध गाँजा बरामद भएको छ ।
सशस्त्र प्रहरीको सुवर्णपुरको बोर्डर आउट पोष्टले शनिबार राति ठोरी गाउँपालिका–४ स्थित गोपीबस्तीबाट करिब ३० केजी गाँजा बरामद गरेको हो ।
राति करिब साढे ११ बजेको समयमा चार–पाँच जनाले गाँजा बोकेर ल्याउँदै थिए । प्रहरीलाई देखेपछि उनीहरु गाँजा फालेर भागेको प्रहरी निरीक्षक सिंहवीर मल्लले जानकारी दिए । बरामद गरिएको गाँजालाई सुवर्णपुर प्रहरी चौकीको जिम्मा लगाइएको प्रहरी निरीक्षक मल्लले बताए ।