दुई कम्पनीको कोरोना खोप दर्ता प्रक्रिया रोकियो

   १८ माघ २०७७, आईतवार १३:०६  

१८ माघ, रौतहट । नेपालमा कोरोना भाइरस (कोभिड १९)को खोप ल्याउने दर्ता अनुमतिका लागि आवेदन दिने प्रक्रिया रोकिएको छ ।

आवेदन दिएका दुई कम्पनीको कागजात समयमा नपुगेका कारण दर्ता प्रक्रिया रोकिएको हो । विभागले गत पुस २९ गते (जनवरी १३) मा सूचना जारी गर्दै खोप आयातका लागि इच्छुक तथा योग्य उत्पादन तथा आयातकर्ता कम्पनीलाई खोपको आपत्कालीन दर्ता अनुमतिका लागि आवेदन पेस गर्न सूचित गरेको थियो ।

भारतको भारत बायेटेक र चीनको सिनोर्फामले औषधि व्यवस्था विभागमा यही जनवरी १७ तारिखमा आवेदन दिएका थिए ।

उनीहरुको दर्ता अनुमतिका लागि आवश्यक कन्फर्मेसन डकुमेन्ट नपुगेकाले प्रक्रिया अघि बढ्न नसकेको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिए ।

यस्तै, जनवरी १३ मै भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिइएको थियो ।