लागूऔषधसहित दुईजना प्रहरी नियन्त्रणमा
१८ माघ, रौतहट । लागूऔषध गाँजासहित पर्साबाट दुई जनालाई प्रहरीले पक्रउ गरेके छ ।
मकवानपुरको हेटौंडा १२ बस्ने २५ वर्षीय साजत थिङलाई गाँजासहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना. २५ प ४२१६ नं. को स्कुटीमा सवार थिङमाथि शंका भएकाले उनलाई चेकजाँच गर्दा थिङको साथबाट विंग्स वायोटेक अनरेक्स १ सय एमएलको १ सय बोत्तल, नुफिन, फेनार्गन, डाइजोपाम १५२र१५२ एम्पुल गरी ४५६ एम्पुल, नाइट्राभेट ३० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै, कालिकामाई गाउँपालिका ३ हरिहरपुर विर्ता बस्ने ३० वर्षीय प्रेम हजरालाई लनगूऔषध गाँजासहित पक्राउ प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध गाँजा रहेको गोप्य सूचनाका आधारमा हजराको घरमा चेबजाँच गर्दा १ किलो १ ०० ग्राम गाँजा र ७ सय ग्राम चरेस बरामद भएकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिएका छन् ।
पक्राउ परेका दुर्व जनालाई हिरासदमा राखि यसबारे थप अनुसन्धान भइरहेको कुँवरले जनाए ।