मनलाग्दी उत्खनन्ले चांदी गांउमा पस्ने खतरा

   १४ माघ २०७७, बुधबार १५:५५  

 

१४ माघ, रौतहट । चन्द्रपुर नगरपालिकाले चांदी खोला उत्खननको लागि ठेक्का दिएको कम्पनीले नियम बिपरित खोला उत्खनन गरेको स्थानीयले गुनासो गरेकाछन् ।

खोला उत्खनन गर्न ठेक्का पाएको कम्पनीले मोतीपुर घाटमा मनलाग्दी खोला उत्खनन गर्दा भबिष्यमा खोला गाउमा पस्ने खतरा बढदै जान थालेको स्थानीयले बताएका छन् । मोतीपुर घाटमा ठेकेदार कम्पनीले नगरपालिकाले तोकेको मापदण्ड भन्दा तेब्बर गहिरो खाल्डो बनाएको र सोही खाल्डोका कारण खोला गाउमा पस्ने खतरा बढेको स्थानीयले बताए । खोला दोहनका लागि ठेक्का पाएका ठेकेदारले खोलाको ग्रेबल पानी चुहाउदै लैजाने गरेका कारण मोटर साईकल र साईकलमा बाटो हिड्नेहरु चिप्लेर लडने खतरा बढदै गएको भएपनि सम्बन्धीत निकायले त्यस तर्फ ध्यान नदिएको स्थानीयको भनाइ रहेको छ । खोलानै गाउमा पस्ने गरी उत्खनन् हुदा उत्खननको बारेमा चन्द्रपुर नगरपालिकामा जानकारी गराउदा समेत कुनै वास्ता नभएको स्थानीय पवन महतले बताए ।

यता चन्द्रपुर नगरपालिकाका प्रमुख रामचनद्र चौधरीले मनलाग्दी खोला उत्खनन् भएको र बर्षामा आएको बाढीमा गांउमा पस्ने सम्भावना भए हेरेर आफुले काम रोक्ने बताए । जिल्लाका अधिकांस खोला पछिल्लो समय ठेकेदारले मनलाग्दी उत्खनन् गर्ने गरेको भएपनि त्यस तर्फ सम्बन्धीत पालिकाले ध्यान नदिएको गुनासो स्थानीय स्तरमा बढदै जान थालेको छ ।