सुनको भाउमा सामान्य वृद्धि, चाँदीको मूल्यमा गिरावट

   १३ माघ २०७७, मंगलवार १४:१०  

 

१३ माघ, रौतहट । नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य ४ सय रुपैयाँ बढेर मंगलबार प्रतितोलामा ९२ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

यस्तै, हिजो तोलामा ९१ हजार ९ सय रुपैयाँ तोकिएको तेजावी सुनको मूल्य आज बढेर प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाए ।

त्यसैगरी, सोमबार स्थिर रहेको चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । महासंघका अनुसार अघिल्लो दिन तोलामा १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ घटेर आज प्रतितोलामा १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको हो।