यसै साता कक्षा १२ को नतिजा सार्वजनिक हुने

   १२ माघ २०७७, सोमबार १५:२५  

 

१२ माघ, रौतहट । यसै साता कक्षा १२ को नतिजा सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

पुसको अन्तिम साता परीक्षफल सार्वजानिक गरेको भनिएपनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले नतिजाको तयारीमा समय लागेको बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले बताएका हुन् ।

वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा कोरोना महामारीका कारण गत मंसिर ९ गतेदेखि १६ गतेसम्म सञ्चालन भएको थियो । नियमित र आंशिक गरी कुल ४ लाख ३ हजार १ सय ८० विद्यार्थीले परीक्षा दिएका थिए ।

परीक्षामा देशभर ४ हजार १ सय ५ परीक्षा केन्द्र थिए । १७ हजार ९ सय ८ विद्यार्थीले आफूले अध्ययन गरेको विद्यालयभन्दा फरक जिल्लाका पायक पर्ने विद्यालयबाट परीक्षा दिएका थिए ।