नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा २ अर्ब लगानी गर्दैँ

   १२ माघ २०७७, सोमबार ११:३५  

१२ माघ, रौतहट । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थामा २ अर्ब ४५ करोड रुपैयाँ लगानी गर्ने भएको छ ।  राष्ट्र बैंकले निक्षेपको रुपमा बैंकहरुमा सो बराबरको रकम लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले आफ्नो पेन्सन तथा उपदान कोषमा रहेको रकमबाट सो बराबरको रकम ३६६ दिने मुद्दती निक्षेपमा सो रकम राख्न लागेको हो ।

राष्ट्र बैंकले बाणिज्य बैंकहरुमा १ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ, विकास बैंकमा ३६ करोड ७५ लाख रुपैयाँ मुद्दती निक्षेपमा राख्नेछ । यसैगरी ग वर्गको फाइनान्स कम्पनीमा १२ करोड २५ लाख रुपैयाँ राख्न लागेको केन्द्रिय बैंकले जनाएको छ ।

आगामी फागुन २ गतेदेखि २०७८ फागुन २ गतेसम्मा लागि राष्ट्र बैंकले सो बराबरको रकम निक्षेप राख्ने छ । यसमा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने शर्त राष्ट्र बैंकले राखेको छ ।